खतरनाक स्टन्ट गर्दा दिशा पाटनीलाई लाग्यो चोट
काठमाडौं - बलिउड अभिनेत्री दिशा पाटनी आगामी फिल्म ुमलंगुको कारण यतिबेला चर्चामा छिन् । उनी अभिनेता आदित्य राय कपूरसँग शुटिङमा व्यस्त छिन् । उनी सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहने गर्छिन् । फिल्मसँग जोडिएका कुराहरू शेयर गर्ने गर्छिन् । उनले खतरनाक स्टन्ट गर्दै भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् ।
इंस्टाग्राममा उनले एक भिडियो अपलोड गरेकी छन् जसमा उनले वर्कआउट गरिरहेकी छन् । सार्वजनिक भिडियोमा उनले स्टन्ट गरिरहेको दृश्य देखिन्छ ।
तर भिडियोमा स्टन्ट गर्दागर्दै उनी चिप्लिएकी छन् । भिडियोमा उनले आफूलाई सम्हाल्ने कोशिश गरेकी छन् तर उनी अनब्यालेन्स भएको देखिन्छ ।
भारतीय सञ्चारमाध्यम हिन्दी डट न्युज ट्वान्टी फोर अनलाइनले स्टन्ट गर्दा उनलाई सामान्य चोट लागेको जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस