एजेन्सी - कोरोना महामारीका कारण विश्वमा मृत्यु हुनेको संख्या ३ लाख ४८ हजार नाघेको छ । ५६ लाख ११ हजार बढी संक्रमित मध्ये २३ लाख ८८ हजार उपचार पछि निको भएका छन् ।

५३ हजार १सय बढी संक्रमितको अबस्था गम्भीर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । पछिल्लो तत्थ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख नजिक पुगेको छ ।

संक्रमितको संख्या १७ लाख ६हजार नाघेको छ । बेलायतमा २ लाख ६१ हजार संक्रमित मध्ये ३६ हजार ९ सय बढीको मृत्यु भएको छ । इटालीमा २ लाख ३० हजार १ सय ५८ बढी संक्रमित र ३२ हजार ८ सय बढीको मृत्यु भएको छ । फ्रान्समा १ लाख ८२ हजार ९ सय बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २८ हजार ४ सय नाघेको छ ।

यस्तै, स्पेनमा २ लाख ८२ हजार ४ सय बढी कोरोना संक्रमित मध्ये २६ हजार ७ सय बढीको मृत्यु भएको छ । ब्राजिलमा ३ लाख ७६ हजार ६ सय बढी संक्रमित हुँदा २३ हजार ५ सय बढीको मृत्यु भएको छ । यसैगरी भारतमा कोरोना संक्रमितको संख्या १ लाख ४६ हजार ३ सय नाघ्दा ४ हजार १ सय बढीकोे मृत्यु भएको छ ।