काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरमा र्‍यापर तथा स्ट्रक्चरल इन्जिनियर बालेन्द्र साह (बालेन)निर्वाचित भएका छन् ।

महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन २३४२६ मतको फराकिलो अन्तरका साथ मेयरमा निर्वाचित भएका हुन् ।

मत परिणाम अनुसार बालेनले कुल मत ६१७६७ ल्याएका छन् । दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेस उम्मेदवार सिर्जना सिंहले ३८३४१ मत ल्याइन् ।

यस्तै, तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८११७ मत ल्याए ।

अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमी १३७७० भोटका साथ चौथो स्थानमा रहँदा राप्रपाका मदनदास श्रेष्ठ ५७७० मतसहित पाँचौ स्थानमा रहे ।