काठमाडौं - ललितपुरको पुल्चोकमा झडप नियन्त्रणमा खटिएका १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रहरी स्रोतका अनुसार बिहीबार रातो मत्स्येन्द्रनाथको रथ स्वस्फूर्त तान्न खोज्ने युवालाई रोक्न खोज्दा झडपमा सहभागी महानगरीय प्रहरी परिसर, ललितपुरका इन्स्पेक्टरसहित १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

यस्तै, महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा १३ जना, ट्राफिक प्रहरी महाशाखामा र काठमाडौं परिसरका १५र१५ जनामा पनि संक्रमण देखिएको छ ।