साउदीमा अब मालिकको अनुमतिविनै कामदारले देश छोड्न र काम फेर्न पाउने
काठमाडौं - साउदी अरबमा विदेश कामदारहरूलाई सहज हुनेगरी कानून संशोधन गरिएको छ ।
साउदीको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले आइतबारदेखि लागू हुनेगरी ‘काफला’ प्रणाली संशोधन गरेको हो । यससँगै अब साउदीमा कार्यरत निजी क्षेत्रका विदेशी कामदारले मालिकको अनुमतिविनै देश भित्रन र बाहिरिन सक्ने छन्।
साथै, मालिकको अनुमतिविनै कामदारले काम फेर्न सक्ने मन्त्रालयले जनाएको छ । कानून संशोधनसँगै साउदीमा कार्यरत एक करोड कामदारलाई सहज हुनेछ ।
विदेशी कामदारको लागि ‘प्रतिस्पर्धी र निष्पक्ष कार्य वातावरण’ बनाउने उद्देश्यले श्रम सुधार पहल (एलआरआई) अन्तर्गतको कानून परिवर्तन गरिएको मन्त्रालयले जनाएको छ ।
साउदी विश्वमै सबैभन्दा धेरै कडा कानून भएको देश हो । पछिल्लो समय त्यहाँको सरकारले कानूनलाई सहज बनाउँदै आइरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस