काठमाडौं - नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले सरकारको यो रवैया हेरेर चुप बस्न नसक्ने बताएका छन्।

काठमाडौंमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उपाध्यक्ष सापकोटाले यस्तो बताएका हुन् । उपाध्यक्ष सापकोटाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार जनताको नभएर सीमित दलाल पूँजीपति, विचौलिया वर्गको भएको आरोप लगाए ।

सरकारविरूद्ध खबरदारी गर्न अझै सशक्त आन्दोलनको तयारीमा रहेको उपाध्यक्ष सापकोटाको भनाइ छ। उपाध्यक्ष सापकोटाले अहिलेको आन्दोलन सुरूवात मात्रै भएको र यसले पनि सरकार नसच्चिए थप सशक्त ढंगले आन्दोलन गर्ने र त्यसका लागि माओवादी केन्द्र तयार रहेको बताए।

उनले यो सरकार दलाल पुँजीपति र विचौलियाहरूले बनाइदिएको पुष्टी भएको पनि दाबी गरे। सरकारको सय दिनको अवधिमा सरकारले के गर्‍यो भनेर हेर्दा त्यो प्रमाणीत हुने बताए।

असोजमा बाढी आउँछ भनेर अगाडि नै पूर्वानुमान गरिएको र त्यसको चेतावनी दिएपनि सरकारले बेवास्ता गरेको सापकोटाको भनाइ छ । उनले वर्तमान सरकारले लोकतन्त्रको कुरा गर्नु हास्यास्पद रहेको पनि बताए।