कोरोना भाइरसका कारण कंगोका पूर्व राष्ट्रपतिको निधन
खबर एक्सप्रेस
२०७६-१२-१८ ०३:३८ मा प्रकाशित
Total Shares: 570
एजेन्सी - कोरोना भाइरसका कारण कंगो गणराज्यका पूर्व राष्ट्रपति ज्याक जोआकिम योहाम्बी ओपाङ्गोको निधन भएको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार ८१ वर्षीय ओपाङ्गोको फ्रान्समा निधन भएको हो ।
उनले सन १९७७ देखी १९७९ सम्म कंगो(ब्राज्जाभिलको सत्ता सम्हालेका थिए। त्यसपछि उनलाई हालका राष्ट्रपति डेनिस ससाउ नेग्गेसोले अपदस्त गरेका थिए। सन् १९९१ मा बहुदलीय प्रजातन्त्र आउनु अघि उनले धेरै बर्ष जेल जिवन बिताएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस