काठमाडौं- सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेपछि भारतले कडा प्रतिक्रिया दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नयाँ नोटबारे निर्णय गरेको थियो ।

तर भारतीय विदेशमन्त्री एस जयशंकरले सीमा समस्या समाधानका लागि दुई देशबीच निरन्तर छलफल भइरहेको अवस्थामा नेपालले एकतर्फी रूपमा निर्णय गरेको प्रतिक्रिया दिएका हुन् ।शनिबार भूवनेश्वरमा पत्रकारहरूसँको कुराकानीमा जयशंकरले नेपालको उक्त कदमले अहिलेको परिस्थिति र वास्तविकता नबदलिने बताए ।जयशंकरको भनाई उद्धृत गर्दै द इन्डियन एक्सप्रेसले लेखेको छ, “हाम्रो अडान एकदम स्पष्ट छ। नेपालसँग हाम्रो सीमाका विषयमा स्थापित मञ्चमार्फत छलफल भइरहेको छ । त्यसको बीचमा, तिनीहरूले एकतर्फी रूपमा आफ्नो पक्षमा केही उपायहरू गरे। ”बिहीबार बसेको मन्त्रिपरिषदले एक सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेको थियो ।