काठमाडौं - पाटन अस्पतालमा एक कोरोना संक्रमित युवाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार उपचार गराइरहेका २९ वर्षीय युवकको मृत्यु भएको हो ।

कोरोना संक्रमण देखिएपछि उक्त युवा साउन २८ गतेदेखि पाटन अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममा शनिबार राति १० बजे मृत्यु भएको हो । संक्रमित युवा ललितपुरका रहेका छन् ।