माधव नेपालसहित १४ सांसद्विरुद्धको रिटको फैसला चैत २० गते
खबर एक्सप्रेस
२०७८-११-२९ ०५:०१ मा प्रकाशित
Total Shares: 209
काठमाडौं - नेकपा एमालेले माधवकुमार नेपालसहितका सांसदलाई गरेको कारबाहीसम्बन्धी विषयमा चैत २० गतेदेखि पूर्ण सुनुवाइ हुने भएको छ ।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण सुनुवाइका लागि चैत २० गतेको मिति तोकेका हुन् ।
नेकपा एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी गठन गरेका नेपालसहित १४ जना सांसद्को पद खारेजी तथा दल दर्ता अवैधानिक भएको दाबीसहित ओलीले सर्वोच्चमा रिट दायर गरेका थिए। अब पूर्ण सुनुवाईपछि १४ सांसदको पद कायम रहने वा पदमुक्त हुने टुंगो लाग्नेछ ।
फेसबुक पेज Like गर्नुहोस