काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले ६ वटा अध्यादेश जारी गरेकी छन् । 

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा रेल्वे अध्यादेशसहित विभिन्न ६ अध्यादेशहरू जारी गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।