काठमाडौं - सरकारलाई सहयोग गर्न सत्ता गठबन्धनले ११ सदस्यीय समन्वय समिति गठन गरेकाे छ । 

सोमबार साँझ बालुवाटारमा बसेको गठबन्धन बैठकले रामचन्द्र पौडेलको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेकाे सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

समितिमा कांग्रेसबाट कृष्ण सिटौला र मन्त्रीबाट ज्ञानेन्द्र कार्की सदस्य छन् । माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल र नारायणकाजी श्रेष्ठ सदस्य छन्। यस्तै, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेल सदस्य रहेका छन् ।

अन्य सदस्यको नाम टुंगो लगाउन बाँकी रहेको मन्त्री कार्कीले जानकारी दिए।