बहराइनका राजकुमारलाई नेपाल आउन सरकारको अनुमति
खबर एक्सप्रेस
२०७७-०५-१५ ०६:३८ मा प्रकाशित
Total Shares: 277
काठमाडौं - सरकारले आगामी सेप्टम्बर १५, २०२० पछि बहराइनका राजकुमारसहित १५ जनाको टोलीलाई चार्टर विमानमा नेपाल आउने र हिमाल आरोहण गर्ने अनुमति दिने निर्णय गरेको छ ।
आइतवार बसेको मन्त्रिपरिषद बैठकले बहराइनबाट १५ जना र बेलायतबाट ३ जनाको टोलीलाई लुबुचे र मनास्लु हिमाल आरोहण गर्न दिने अनुमति दिएको हो ।
'यो कोभिड १९ को प्रकोपपछि हिमाल आरोहणका लागि दिइएको पहिलो अनुमति हो,' मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले भने ।
उक्त अनुमति संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको प्रस्ताव अनुसार दिइएको हो ।

.gif)




फेसबुक पेज Like गर्नुहोस