महाअभियोग सिफारिस समितिले बयानका लागि नेताहरुलाई नबोलाउने
काठमाडौं - संसदको महाअभियोग सिफारिस समितिले राजनीतिक दलका नेताहरुलाई भने सोधपुछका लागि नबोलाउने भएको छ। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँगको बयान सकेको समितिको बैठकले राजनीतिक दलका नेताहरुसँग भने बयान नलिने भएको हो।
बुधबार बिहान बसेको बैठकले जबराले नाम लिएका पूर्वन्यायाधीश लगायतसँग भने सोधपुछ गर्ने भएको छ। समितिका ज्येष्ठ सदस्य राम बहादुर विष्टका अनुसार चोलेन्द्रले बयानको क्रममा नाम लिएका पूर्वन्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरुलाई समितिमा बोलाउने निर्णय गरेको छ। आज उनीहरुलाई पत्राचार गर्ने निर्णय गरेको विष्टले जानकारी दिए।
तर, राजनीतिक दलका नेताहरुलाई भने सोधपुछका लागि नबोलाउने समितिका एक जना सदस्य एवम् नेपाली कांग्रेस नेता मिन विश्वकर्माले जानकारी दिए। महाअभियोग सिफारिस समितिको बैठक भोलि बस्ने छ। तर, समय भने तय भएको छैन।

.gif)



फेसबुक पेज Like गर्नुहोस