झापा-१ मा विश्वप्रकाश शर्माको जित सुनिश्चित
खबर एक्सप्रेस
२०७९-०८-०७ १०:१४ मा प्रकाशित
Total Shares: 172
काठमाडौं - झापा क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका विश्वप्रकाश शर्माको जित सुनिश्चित बनेको छ।
सो क्षेत्रको गणना हुन बाँकी भन्दा बढी मत शर्माले प्राप्त गरिसकेकोले उनको जित सुनिश्चित भएको हो।
यस क्षेत्रमा अब गन्न बाँकी मत ११ हजार ३९१ छ। तर, शर्माले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अग्निप्रसाद खरेलले भन्दा १२ हजार ६८० मत बढी ल्याइसकेका छन्।
शर्माले ३४ हजार ५०८ मत ल्याएका छन् भने खरेलले २१ मत ८२८ मत ल्याएका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस