काठमाडौं - इंग्लिस प्रिमियर लिग अन्तर्गत सिजन २०२१/२२ को पहिलो खेलमा आर्सनल पराजित भएको छ । गएराति भएको खेलमा आर्सनल नवप्रवेशी क्लब ब्रेन्टफर्डसँग २-० ले स्तब्ध भएको हो । 

खेलको २२ औं मिनेटमा सर्जी कानोसले गोल गर्दै ब्रेन्टफर्डलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफको ७३ औं मिनेटमा क्रिस्टियन नोर्गार्डले गोल गर्दै प्रिमियर लिगमा डेब्यु गरिरहेको ब्रेन्टफर्डलाई २-०को जित दिलाए । पाएको मौका सदुपयाृग गर्न नसक्दा आर्सनलले पहिलो खेलको हार टार्न सकेन । 

जितसँगै ७४ वर्षपछि प्रिमियर लिगमा बढुवा भएको ब्रेन्टफोर्डले शीर्ष लिगमा महत्वपूर्ण तीन अंक जोडेको छ । आर्सनलले भने हारबाट सिजनको सुरुवात गरेको छ ।