टि२० विश्वकपको खेल तालिकाः पहिलो खेलमै भारतले पाकिस्तानसँग भिड्ने
काठमाडौं - आगामी अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म यूएई र ओमानमा हुने आईसीसी टि–२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार उद्धघाटन खेलमा ओमान र पपुवा न्युगिनी भिड्दैछन् । पहिलो चरणका समूह ए, सूपर १२, सेमिफाइनल र फाइनल यूएईमा हुने छ । पहिलो चरणमा समूह बी का सबै खेल ओमानमा हुनेछन् ।
पहिलो चरणको समूह ए मा श्रीलंका, आरल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया छन् । समूह बी मा बंगलादेश, स्कटल्यान्ड, ओमान र पपुवा न्युगिनी छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर १२ मा स्थान बनाउने छन् ।
सुपर १२ को ग्रुप ए मा इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्टइन्डिजसँगै समूह ए को विजेता र समूह बीको उप विजेता रहने छन् । ग्रुप बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह बी को विजेता र समूह ए को उपविजेताबीच प्रतिस्पर्धा हुने छ ।
भारतले पहिलो खेलमै पाकिस्तानसँग खेल्नेछ । सुपर १२ को समूह २ मा रहेको भारतले पाकिस्तानसँग अक्टोबर २४ मा प्रतिस्पर्धा गर्नेछ । भारत र पाकिस्तानबीचको खेल दुबईमा हुनेछ । पहिलो सेमिफाइनल आबूधाबी र दोस्रो सेमिफाइनल दुबईमा हुने छ । दुबईमा हुने फाइनल खेल नोभेम्बर १४ मा हुनेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस