यात्रुसँग बढी भाड असुल्ने तीनजना पक्राउ
खबर एक्सप्रेस
२०७८-०१-२४ ०३:२४ मा प्रकाशित
Total Shares: 449
काठमाडौं - प्रहरीले यात्रुसँग बढी भाडा असुल्ने तीनजनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिने तीन जनालाई शुक्रबार कोटेश्वरबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनुषा मिथिलाका ४३ वर्षीय कृष्ण देवकोटा, झापा गौरदहका ४२ वर्षीय खड्गबहादुर भण्डारी र गौशालाबाट दोलखा सिंगटीका ३४ वर्षीय राम सुरेललाई पक्राउ गरेको हो ।
उनीहरुले वैदेशिक रोजगारीबाट फर्किएर घर जान लागेकासँग तीन गुणा बढी भाडा लिएको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
उनीहरूले काठमाडौंदेखि झापा र मोरङ्ग जाने यात्रुहरूसँग जनही तीन हजार देखी चार हजार पाँच सयसम्म भाडा लिएका थिए। उनीहरु तीनैजना टिकट काउन्टरका कर्मचारीहरू हुन्।
फेसबुक पेज Like गर्नुहोस