काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई समर्थन कायम राख्ने भएको छ । पार्टी कार्यालय वसुन्धारामा आज बसेकाे केन्द्रीय समिति बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

बैठकमा चितवन–२ मा हुने उपनिर्वाचनका विषयमा छलफल भएकाे छ । बैठकले निर्वाचन आयोगमा आवश्यक कागजात बुझाउने अख्तियारी सहमहामन्त्री बुर्लाकोटीलाई दिएको छ ।