काठमाडौं - युरोपेली संघले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)लाई बलियो समर्थन गर्ने बताएको छ ।

बिहिबार यूरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोर्रेलले डब्लूएचओका महासचिव टेड्रोस अधानोम गेब्रेसससँग टेलिफोन वार्ता गरेर पुर्ण समर्थन गर्ने प्रतिबद्धता जनाएका हुन् ।

संसारभर महामारीको रूपमा फैलिएको कोरोनाभाइरस विरुद्धको लडाईंमा डब्लूएचओलाई यो बेला साथ दिनुपर्ने आवश्यकतामा यूरोपेली संघले जोड दिएको छ ।

केहिदिन अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको मङ्गलबार डब्लूएचओलाई दिँदै आएको सहयोगमा आधा कटौति गर्ने घोषणा गरेका थिए ।संकटको बेला यस्तो घोषणा गर्नु लज्जास्पद रहेको भन्दै विश्वभर चर्को आलोचना भइरहेको छ ।