काठमाडौं - बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने १६ वर्षीय दिनेश भट्टविरुद्ध भागरथीकै दाजु शंकर भट्टले प्रहरीमा जाहेरी दिएका छन् ।

दिनेशले गत माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा जंगलको बिचमा बाटो ढुकेर भागरथीलाई बलात्कार गरी हत्या गरेका थिए । दिनेशलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

भागरथीका दाजु शंकरले दिनेश भट्टविरुद्ध जिल्ला प्रहरी कार्यालय बैतडीमा किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ । प्रहरीले दिनेशलाई मंगलबार नै पक्राउ गरेको हो । भागरथीको हत्या आफूले गरेको स्वीकार गरेका प्रहरीको भनाइ छ ।