आइसिसी विश्वकप क्रिकेट लिग–२ : नेपाली बलर चम्किँदा ओमान १२१ रनमै अल आउट
खबर एक्सप्रेस
२०७८-०६-०३ ०७:२० मा प्रकाशित
Total Shares: 228
काठमाडौं - आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक श्रङ्खलाअन्तर्गत ओमानले आज नेपाललाई १२२ रनको लक्ष्य दिएको छ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा टस हार्दै ब्याटिङ गरेको ओमानले ३७.१ ओभरमा १० विकेट नै गुमाएर १२१ रन बनाएको हो ।
ओमानका लागि ओपनर जतिन्द्र सिंहले १३, सुफियान मिहम्मदले ४, आउन खानले ७, मोहम्मद नादिमले ४, जिसान म्याकसुदले रन ४१ बनाए । सन्दिप गुदले ८ रन बनाउँदा नसिम खुशी र कालेम्मुल्लाहाले क्रमश: ११, १२ रन बनाए । बिलाल खानले ९ रन बनाए । सुरज कुमार र नेस्टोर धम्बा शून्यमै आउट भए ।
नेपालका लागि करन केसी र सन्दिप लामिछानेले ४/४ विकेट लिए । शरद भेस्वाकरले दुई विकेट लिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस