काठमाडौं - अमेरिकी राष्ट्रपति जो बाइडनले म्यान्मारको सेनाले नेत्री आङ सान सू चीसहित अन्य नेताहरूलाई गिरफ्तार गरेर देशको शासन सत्ता हातमा लिएको भन्दै सेनाविरुद्ध कदम चालिने धम्की दिएका छन् ।

बाइडनले म्यान्मारको सेनालाई तत्काल सत्ता छोड्न भनेका छन् भने त्यसो नभए अमेरिकाले “उचित कदम” चाल्ने बताएका छन्। बाइडेनले म्यानमारको सैनिकलाई टेलिफोन र इन्टरनेटमा लगाइएको प्रतिबन्ध तत्काल हटाउन पनि भनेका भनेका छन्।

म्यानमारको सेनाले सोमबार नेतृ आङ सान सुकी, राष्ट्रपति विनमिन्टलगायतका नेताहरुलाई नियन्त्रणमा लिएर शासन सत्ता हातमा लिँदै एक वर्ष संकटकालको घोषणा गरेको छ । त्यसपछि म्यान्मारमा अन्योलको स्थिति उत्पन्न भएको छ । उक्त सैनिक कूको विश्वभरिबाट निन्दा भइरहेको छ।

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले मङ्गलवार म्यानमारमा भएको कूबारे छलफल गर्न आपत्कालीन बैठक गर्ने योजना गरेको छ।