जब रोनाल्डोले विज्ञापनको लागि राखिएको कोकको बोतल हटाएर पानी पिए....
काठमाडौं,एजेन्सी - सामाजिक सञ्जलमा पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको एउटा भिडियो भाइरल भएको छ । उनी कस्टोमेरी प्रेस कन्फ्रेन्सका लागि बसेका थिए । उनले विवादमा पर्ने कुनै पनि कुरा बोलेका थिएनन् । हंगेरीविरुद्ध हुने खेलबारे उनले जबाफ दिन प्रेस कन्फ्रेन्समा आएका थिए ।
उनी पत्रकारहरुको प्रश्नको जबाफ दिन बसेका थिए । सोही क्रममा उनको नजर दुई वटा कोकको बोतलमा पर्यो । आफ्नो अगाडि रहेका ती दुई कोकका बोतलले उनले आफ्नो अगाडिबाट हटाएर छेउमा लगेर राखिदिए ।
युरो २०२० स्पोनसरसिप डिल अनुसार अगाडि राखिएको थियो । उनले कोक सारे र एगुआ नाम लिए अर्थात् पानी पिउनु पर्ने सुझाव दिए ।
सुगर ज्यादा भएको कोकभन्दा पनि प्राकृतिक पानी पिउनुपर्ने उनको सुझाव थियो । उनले कोकप्रति यस्तो धारणा बनाउनुमा उनको पुर्व म्यानचेस्टर युनाइटेडका टिममेट रायन गिग्स रहेको बताइएको छ ।
मिडिया रिपोर्टका अनुसार एकपटक रोनाल्डो ब्रेकफास्टमा कोक लिएर आएका थिए । त्यसपछि रायनले रोनाल्डोलाई एउटा कुनामा लिएर गए र त्यसो नगर्न भने । उनले भने, 'एक बोत्तल कोकमा लगभग १० चम्चा सुगर हुन्छ । यसले तिमीलाई टप खेलाडी बनाउँदैन ।'
ब्रिटिस फार्मसिस्ट निरज नाइकका अनुसार कोक पिएको २० मिनेटपछि शरिरमा सुगरको मात्रा त्यत्तिकै बढ्छ । यसले शरिरलाई मोटो बनाउन सक्ने उनको तर्क छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस