राष्ट्रपति आफूले पाउनुपर्ने कांग्रेसको प्रस्ताव
काठमाडौं-प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पुरानो गठबन्धनमा आवद्ध राजनीतिक दलका नेताको बैठक सकिएको छ। बेलुका ५ बजे बस्नेगरी बैठक सकिएको हो।
बैठकमा कांग्रेसले राष्ट्रपति आफूले पाउनुपर्ने प्रस्ताव गरेको थियो भने बाँकी तीन दलले माधवकुमार नेपाललाई राष्ट्रपति उमेदवार बनाउन प्रस्ताव गरेका थिए। नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले माधवकुमार नेपालको नाम राष्ट्रपतिमा प्रस्ताव गरेका हुन्।
कांग्रेसले राष्ट्रपति आफूले लिने तर माधव नेपाललाई भने एक वर्ष प्रधानमन्त्री बन्नको लागि सघाउने प्रस्ताव गरेको छ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस महामन्त्री गगनकुमार थापाले विभिन्न विकल्पबारे छलफल भएको बताए। आ–आफ्नो दलमा छलफल गरेर फेरि ५ बजे बैठक बस्ने उनको भनाई छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस