काठमाडौं-१० मा कांग्रेसका राजन केसी विजयी
खबर एक्सप्रेस
२०७९-०८-०७ ०८:३१ मा प्रकाशित
Total Shares: 287
काठमाडौं - नेपाली कांग्रेसका राजेन्द्र केसी (राजन) काठमाडौं-१० बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
राजन १४ हजार ४५८ मतसहित सांसदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका हिमेस केसीले ११ हजार ७८६ मत पाए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका बलराम थापाले ६ हजार २ सय ७७ र माओवादी केन्द्रका अञ्जना विशंखेले ४ हजार २ सय ६० मत प्राप्त गरेका छन् ।
उनी यसअघि भएका लगातार दुई निर्वाचनमा पनि विजयी भएका थिए । केसीले ०७० को संविधानसभा निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हराएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस