पूर्वमन्त्री जोशीको अप्रेसन सकियो, केही दिन अस्पतालमा राख्नुपर्ने
खबर एक्सप्रेस
२०७७-११-१४ ०२:५४ मा प्रकाशित
Total Shares: 275
काठमाडौं - मस्तिष्कघात भएका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको अप्रेसन गरिएको छ ।
पारिवारिक स्रोतका अनुसार नर्भिक अस्पतालमा शल्यक्रिया गरिएको हो । अहिले उनलाई आईसीयू वार्डमा सारिएको छ । उनको स्वास्थ्य अवस्था भने जटिल रहेको चिकित्सकहरूले बताएका छन्।
बिहीबार राति शरीरको देब्रेपट्टी समस्या देखिएपछि उनलाई राति नै महाबौद्धस्थित वीर अस्पताल लगिएको थियो। उनलाई वीरबाट थप उपचारका लागि शुक्रबार बिहान थालाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।
चिकित्सकका अनुसार जोशीको मस्तिष्कमा रगत जमेको थियो । अहिले मस्तिष्कमा रहेकाे रगत निकालिएको छ । जोशीलाई केही दिन अस्पतालमै राख्न चिकित्सकहरुले सल्लाह दिएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस