काठमाडौं,एजेन्सी - १६ औं संस्करणको युरोकप फुटबलमा स्पेन बराबरीमा रोकिएको छ ।

नेपाली समयानुसार शनिबार राति भएको समूह चरणको दोस्रो खेलमा स्पेनले पोल्याण्डसँग १-१ गोलको बराबरी खेलेको हो । सुरुवाती अग्रता जोगाउन र पेनाल्टीमा गोल गर्न नसक्दा स्पेन बराबरीमा रोकिएको हो । 

खेलको २५ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए ।  तर, खेलको ५४ औं मिनेटमा कप्तान रोबर्टो लेवान्डोस्कीले गोल गर्दै पोल्याण्डलाई १-१ गोलको बराबरीमा फर्काए ।  यस्तै, खेलको ५८ औं मिनेटमा स्पेनले पेनाल्टीमा गोल गर्ने अवसर पायो । तर, जेरार्ड मोरेनोले गोल गर्न सकेनन् । 

यससँगै समूह ‘ई’ को स्पेनले लगातार दोस्रो खेलमा बराबरी खेलेको छ । समूहको तेस्रो स्थानमा रहेको स्पेनले २ खेलमा २ अंक जोडेको छ ।  पोल्याण्डको भने यो पहिलो अंक हो । पोल्याण्ड २ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ ।