भदौ २३ गते संसद अधिवेशन बोलाउन सरकारको सिफारिस
खबर एक्सप्रेस
२०७८-०५-१९ ०४:२० मा प्रकाशित
Total Shares: 339
काठमाडौं - सरकारले भदौ २३ गते संसदको अधिवेशन बोलाउन सिफारिस गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते अपरान्ह चार बजे बोलाउन सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
संघीय संसद्को अधिवेशनबारे बिहान प्रधानमन्त्रीसहित सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेका थिए । सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने प्रचलन छ।
बजेट अध्यादेश पारित नगर्दै अधिवेशन अन्त्य गरेको भन्दै सरकारको आलोचना भएको थियो । बजेट अध्यादेश असोज दुई गतेसम्म पारित नभए स्वतः निस्कृय हुन्छ ।
फेसबुक पेज Like गर्नुहोस