नेपाल प्रिमियर लिग: आज कर्णाली र काठमाण्डू भिड्दै, दुवैलाई जित्नैपर्ने दबाब
खबर एक्सप्रेस
२०८२-०८-१५ ०७:४५ मा प्रकाशित
Total Shares: 37
काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाण्डू गोर्खाज खेल्दैछन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे ३ बजे खेल सुरु हुनेछ ।
सोमपाल कामीको कप्तानीमा चारवटा खेलमा सहभागी कर्णाली याक्सले एउटा मात्र जित निकालेको छ ।
दुई अंकका साथ कर्णाली छैटौँ स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नैपर्ने बाध्यता छ ।
करण केसीको नेतृत्वमा रहेको काठमाडौं पाँच खेलमा तीन खेलमा विजयी भएर तेस्रो स्थानमा छ । प्लेअफको यात्रामा पुग्न काठमाडौंका लागि पनि यो खेल महत्त्वपूर्ण छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस