दुई संसदीय समितिको बैठक आज
खबर एक्सप्रेस
२०८१-०२-०९ ०८:१६ मा प्रकाशित
Total Shares: 120
काठमाडौं-संघीय संसदअन्तर्गत दुई समितिको बैठक बुधबार बस्दै छ। अर्थ समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको हो।
दिउँसो २ बजे शुरु हुने अर्थ समितिको बैठकमा मस्यौदा प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ।
दिउँसो साढे १२ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको आन्तरिक काम कारबाहीलगायत विषयमा छलफल हुने कार्यसूचीमा जनाइएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस