एजेन्सी - भुटानमा पनि कोरोना भाइरसका नयाँ संक्रमितहरु फेला परेका छन् । लामोसमयसम्म भुटानमा ७ जना संक्रमित रहेका थिए । तर, पछिल्लो समय भुटानमा संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

पछिल्लो रिपोर्ट अनुसार भुटानमा संक्रमितको संख्या २० पुगेको छ । विहीबारमात्रै भुटानमा ९ जना नयाँ संक्रमित फेला परेका थिए । भुटानले कोरोना संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउन आग्रह गरिदै आइरहेको छ ।

सरकारले नै फ्रिमा माक्स र स्यानिटाइजर पनि दिदै आइरहेको छ । तर, पछिल्लो समय एकाएक संक्रमणको संख्या बढ्न थालेपछि त्रासको वातारण भएको बताइएको छ ।