इटालीलाई अष्ट्रियाको चुनौती, यस्तो छ ‘हेड टु हेड’को अवस्था
काठमाडौं ,एजेन्सी - जारी १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणका खेलहरु आजबाट सुरु हुँदैछ । नकआउट चरण अन्तर्गत शनिबार राति दुई खेलहरु हुँदैछन् । दोस्रो खेलमा इटाली र अष्ट्रिया प्रतिस्पर्धा गर्ने छन् ।
इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने इटाली र अष्ट्रियाबीचको खेल राती १२:४५ बजे सुरु हुनेछ । इटाली समूह ‘ए’को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । इटालीले ३ खेलमा ९ अंक जोडेको थियो । इटाली राम्रो लयमा रहेको छ ।
समूह चरणमा शतप्रतिशत जित निकाल्ने क्रममा इटालीले पहिलो खेलमा टर्कीलाई ३–० ले हराएको थियो । यस्तै, दोस्रो खेलमा इटालीले स्विट्जरल्यान्डलाई ३–० गोल अन्तरले नै हराएको थियो । अन्तिम खेलमा इटालीले वेल्सलाई १-० ले हराएको थियो । अष्ट्रिया भने समूह ‘सी’को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । अष्ट्रियाले ३ खेलमा ६ अंक जोडेको थियो ।
पहिलो पटक नकआउट चरणमा पुग्ने क्रममा अष्ट्रियाले पहिलो खेलमा नर्थ म्यासेडोनियालाई ३-१ ले हराएको थियो । तर, दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २-० ले पराजित भएको थियो । अन्तिम खेलमा युक्रेनलाई १-० ले हराउँदै अष्ट्रिया नकआउट चरणमा पुगेको हो ।
इटलीमा अनुभवि खेलाडीको बाहुल्यता रहेको छ भने अष्ट्रियामा युवा खेलाडीको । आज बलियो इटलीलाई अष्ट्रियाले कडा चुनौती दिनेछ ।
इटाली र अष्ट्रियाबीच अहिलेसम्म ३५ पटक प्रतिस्पर्धा भएको छ । जसमा इटालीले १६ खेल जितेको छ भने अष्ट्रियाले ११ खेल । ८ खेल बराबरीमा रोकिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस