काठमाडौं -  बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३० हजार नाघेको छ ।

त्यहाँका सरकारी अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट छ सय ४९ जनाको ज्यान गएसँगै मृत्यु हुनेको संख्या ३० हजार ७६ पुगेको हो । ६ हजार नयाँ संक्रमित थपिएका छन् ।

कोरोनाबाट अहिलेसम्म बेलायत २ लाख १ हजार संक्रमित भएका छन् । बेलायत कोरोनाबाट अमेरिकापछि सबैभन्दा बढी प्रभावित देश हो ।