नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र बेलुका ७ बजे सुरु हुने
खबर एक्सप्रेस
२०७८-०८-१२ ०५:११ मा प्रकाशित
Total Shares: 259
काठमाडौं,चितवन - नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले महाधिवेशनको बन्द सत्र साँझ ७ बजे सुरु हुने बताएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई होटेल पार्क सफारीमा भेटेर फर्किने क्रममा उनले यस्तो बताएका हुन् ।
बाँस्कोटाले ७ बजे बन्द सत्र सुरु भएर केही बेरमै सकिने पनि बताएका छन् ।
अध्यक्ष ओलीले बोलाएपछि नेता बाँस्कोटा र सचेतक विशाल भट्टराई होटेलमा आएका थिए । उनीहरू अध्यक्ष ओलीलाई भेटेर बन्द सत्र स्थल फर्किएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस