सोमबार सुनको भाउ स्थिर
खबर एक्सप्रेस
२०७७-०४-१९ ११:०६ मा प्रकाशित
Total Shares: 393
काठमाडौं - लगातार बढेको सुनको मूल्य सोमबार भने स्थिर भएको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । आइतबार पनि सुन सोहि मूल्यमा कारोबार भएको थियो ।
सोमबार चाँदीको भाउ भने बढेको छ । सोमबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार २ सय ३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
अन्तराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढेको कारण पछिल्लो एक सातादेखि नेपालमा पनि मूल्य बढिरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस