काठमाडौं,एजेन्सी - स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ ।

आइतबार राति भएको खेलमा रियल सेभियासँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

रियलको मैदानमा भएको खेलमा २२ औं मिनेटमा सेभियाले अग्रता बनाएको थियो । तर, खेलको ६७ औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको ७८ औं मिनेटमा इभान राकिटिकले पेनाल्टीमा गोल गर्दै सेभियालाई २-१ को अग्रता दिलाए ।

तर, खेलको इन्जुरी समयको चौंथो मिनेटमा इडेन हाजार्डले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याउदै रियललाई हारबाट जोगाए । यस बराबरीसँगै रियलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।

रियलले ३५ खेलमा ७५ अंक जोडेको छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडको ७७ अंक रहेको छ । सेभिया ७१ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।