रातको समयमा काठमाडौं प्रवेशमा रोक, उपत्यका बाहेकका जिल्लाकाे पास रद्द
खबर एक्सप्रेस
२०७७-०४-१५ ०८:१७ मा प्रकाशित
Total Shares: 445
काठमाडौं - देशका विभिन्न स्थानका नाका भएर काठमाडौं आउने यात्रु कोरोना संक्रमण भेटिने क्रम बढ्न थालेपछि सरकारले अत्यावश्यक सेवा र ढुवानीबाहेक सबै बन्द गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयले आज सूचना जारी गरेको सूचनामा यसबारे उल्लेख छ।
साथै आजैदेखि लागु हुनेगरी बिहान ७ देखि बेलुका ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेश नाकामा पूर्ण प्रतिबन्ध लगाइएको बताइएको छ।
फेसबुक पेज Like गर्नुहोस