थप ७ हजार ४४८ जनामा कोरोना संक्रमण, मृतकको संख्या अहिलेसम्मकै उच्च
खबर एक्सप्रेस
२०७८-०१-२० ०५:३८ मा प्रकाशित
Total Shares: 238
काठमाडौं - पछिल्लो २४ घण्टामा ७ हजार ४४८ जना कोभिड १९ संक्रमित थपिएका छन् । त्यस्तै कोभिड संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३७ जनाको मृत्यु भएको छ ।
यो कोभिड अवधिभरकै उच्च मृत्युको संख्या हो । योसँगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३६२ र संक्रमितको संख्या ३ लाख ४३ हजार ४१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस