भोलि फुलकोर्ट बैठक बोलाउन आग्रह गर्ने न्यायाधीशहरूको निर्णय
खबर एक्सप्रेस
२०७८-०८-०८ ०५:०१ मा प्रकाशित
Total Shares: 489
काठमाडौं - सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरूको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिहीबार फुलकोर्ट बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको छ ।
आज प्रधानन्यायाधीश जबराबाहेक सर्वोच्चका न्यायाधीशहरूको बैठक बसेको थियो । सो बैठकले भोलि फुलकोर्ट बैठक बोलाएर मंसिर १५ गतेदेखि गोलाप्रथा लागू गर्ने गरी अघि बढ्न माग गर्ने निर्णय गरेको हो ।
यसअघि सर्वोच्च अदालतका न्यायाधीशहरू नै सम्मिलित फुलकोर्टले बनाएको नियममा पनि त्रुटि रह्यो, जसका कारण नियमावली संशोधन भई निर्देशिका बनेको एक साता हुँदा पनि सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेसी व्यवस्थापन सुरु हुन सकेको थिएन ।

.gif)



फेसबुक पेज Like गर्नुहोस