कैलालीमा गस्तीमा गएका असईको शव फेला, हवल्दार बेपत्ता
खबर एक्सप्रेस
२०७७-०७-०२ १२:५१ मा प्रकाशित
Total Shares: 490
काठमाडौं - कैलालीमा गस्तीमा गएका एक जना असईको शव फेला परेकाे छ । सीमाक्षेत्रमा गस्ती गर्न गएका अस्थायी प्रहरी पोस्ट जुगेडाका असईको शव फेला परेकाे हो । सँगै गस्तीमा गएका हबल्दार बेपत्ता छन् ।
मोटरसाइकल चढेर गस्तीमा गएका असई गोविन्द विकको शव मोहना नदीमा फेला परे पनि हबल्दार रामबहादुर साउद सम्पर्कविहीन रहेको जिल्ला प्रहरी कार्यालय,कैलालीले जनाएको छ ।
प्रहरीका अनुसार गस्तीमा जाँदा प्रयोग गरेको मोटरसाइकल भेटिएको छ । घटनाको कारण खुल्न नसकेको र तीव्र अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस