काठमाडाैं नेकपा (बहुमत) पार्टीका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ प्रहरी नियन्त्रणबाट मुक्त भएका छन् । 

स्थानीय तह निर्वाचनअन्तर्गत मौन अवधि जारी रहँदा बुटवलमा बम विस्फोट भएको र विस्फोटस्थलमा कञ्चन नेतृत्वको पार्टीको पर्चा भेटिएछि आज बिहान इलाका प्रहरी कार्यालय भालुबाङ दाङबाट खटिएको प्रहरी टोलीले सोही स्थानबाट उनलाई नियन्त्रणमा लिएको थियो ।