एट्लेटिकोको उपाधि जित्ने सम्भावना बलियो बन्दै
काठमाडौं,एजेन्सी - शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगाको उपाधि नजिक पुगेको छ । गएराति भएको खेलमा एट्लेटिकोले रियल सोसिडाडलाई २–१ ले पराजित गर्दै उपाधि जित्ने सम्भावना कायमै राखेको हो ।
खेलको १६औं मिनेटमा यान्निक कारास्कोको गोलबाट घरेलु टोली एट्लेटिकोले अग्रता लिएको थियो । २८औं मिनेटमा एन्जल कोरेआले गोल गर्दै एट्लेटिकोको अग्रता दोब्बर पारे । त्यसपछि ८३औं मिनेटमा सोसिडाडका इगर जुविल्डियाले गोल गदै खेललाई २–१ को अवस्थामा ल्याएपनि एट्लेटिको विजयी बन्यो ।
जितसँगै एट्लेटिकोले महत्वपूर्ण ३ अंक जोड्न सफल भएको छ । एट्लेटिकोले ३६ खेलमा ८० अंक जोडेको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको ७६ तथा एक खेल कम खेलेर तेस्रो स्थानमा रहेको रियल म्याड्रिडको ७५ अंक छ । पराजित सोसिडाड ५६ अंकसहित पाँचौं स्थानमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस