महानगर प्रहरी प्रमुख पाण्डेलाई भेट्न नर्भिक पुगे बालेन
खबर एक्सप्रेस
२०७९-०८-१२ ०८:४७ मा प्रकाशित
Total Shares: 232
काठमाडौं - काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनले महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई अस्पतालमै गएर भेटेका छन् ।
सोमबार दिउँसो थापाथलीस्थित सुकुम्वासी बस्तीस्थित अवैध संरचना हटाउने क्रममा स्थानीयले ढुंगामुढा प्रहार गरेपछि घाइते भएका प्रमुख पाण्डेलाई भेट्न बालेन अस्पताल पुगेका हुन् ।
पाण्डे थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस