काठमाडौं - युवा फरवार्ड केलियन एमबाप्पेको दुई गोल मद्धतमा फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन .(पिएसजीं) ले घरेलु मैदानमा मोनाकोमाथि २–० अन्तरको जित निकालेको छ । 

आइतबार राति पार्क डेस प्रिन्सेसमा भएको खेलमा एमबाप्पेले दुई गोल गरेपछि पिएसजीले शीर्षस्थानमा अंक दूरी थप मजुबद बनाएको हो । 

खेलको १२औं मिनेटमा एमबाप्पेको पेनाल्टी गोल गरे । ४५ औं मिनेटमा एमबाप्पेले दोहोरो अग्रता दिलाए ।

जितसँगै पिएसजीको १८ खेलबाट ४५ अंक भएको छ ।  पराजित मोनाको २६ अंक जोडेर आठौं स्थानमा  छ ।