काठमाडौं - कपिलवस्तुमा ८५ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तु नगरपालिका-४ कोदहवा बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

ती वृद्धालाई सोही ठाउँस्थित गहुँबारीमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।