काठमाडौं उपत्यकामा थप १६६ जनामा देखियो कोरोना संक्रमण
खबर एक्सप्रेस
२०७७-०५-०७ ०४:३४ मा प्रकाशित
Total Shares: 342
काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका १२६ जना, ललितपुरका १२ जना र भक्तपुरका २८ जनामा कोरोना संक्रमण देखिएको हो । शनिबार मात्र काठमाडौँ उपत्यकामा २१६ जनामा कोरोना देखिएको थियो ।
नेपालमा पछिल्लो २४ घण्टामा ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ । २८१ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
फेसबुक पेज Like गर्नुहोस