काठमाडौं - म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । गएराति भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर युनाईटेड लेस्टर सिटीसँग २-१ ले पराजित भएसँगै तीन खेल अगावै सिटी लिग च्याम्पियन बनेको हो ।
शीर्ष स्थानको सिटीले ३५ खेलमा ८० अंक जोडेको छ । पराजित युनाईटेडको भने ७० अंक छ । सिटीले पछिल्लो चार सिजनमा तेस्रो उपाधि पक्का गरेको हो । सिटीले दुई साताअघि मात्र टोटेनहमलाई पराजित गर्दै लिग कपको उपाधि जितेको थियो ।
यस्तै, सिटीले यसै महिना च्याम्पियन्स लिगको फाइनलमा चेल्सीको सामना पनि गर्दैछ ।

.gif)


