काठमाडौैं - प्रदेश २ मा नेकपा एमालेका १० जना सांसदले नेकपा समाजवादी रोजेका छन् । बिहीबार प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा गएर १० सांसदले एकीकृत समाजवादीको पक्षमा सनाखत गराएका हुन् । 

सांसदहरु गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोक यादव, मदन जैन श्रीवास्तव, शत्रुधन महतो, मञ्जु यादव, बेची लुंगेली, रवीन्द्र बैठा, खुसीमा खातुन र नागेन्द्र यादवले सनाखत गरेका छन् । समाजवादीमा जाने अझै बढ्ने बताइएको छ । 

प्रदेश सांसद सुन्दर विश्वकर्मा, सीता गुरुङ मौसम र दिल्ली उप्रेती पनि समाजवादीको पक्षमा सनाखत गराउने तयारीमा रहेका छन् ।