राष्ट्रपतिद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक प्रमाणीकरण
खबर एक्सप्रेस
२०८१-०६-२२ ०६:१७ मा प्रकाशित
Total Shares: 92
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन् ।
उनले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।
उक्त विधेयक सङ्घीय संसद्का दुवै सदनले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयसमक्ष प्रस्तुत गरेका थिए ।

.gif)




फेसबुक पेज Like गर्नुहोस